भावी रणनीति तय गर्न नेपाल–खनाल पक्षको स्थायी कमिटी बस्दै

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज (मंगलबार) बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनका अनुसार भर्चुअल रुपमा बस्ने बैठकको समय भने तय भइसकेको छैन । सोमबार संसदमा भएको मतदानमा अनुपस्थित भएको खनाल–नेपाल समूह भावी रणनीति तय गर्न छलफल गर्न लागेको हो ।

उक्त समूहका २८ सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित भएका थिए । ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेसम्म बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । ‘समस्याको निकास त दिनैपर्छ । आज बैठक बसेर छलफल गर्छौ’, शाक्यले भनिन् ।

यता प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित नेपाल–खनाल पक्षका सांसदलाई कारबाही हुने नेकपा एमालेले बताइसकेको छ । संसदबाट विश्वासको मत गुमाए पनि संसदको ठूलो दलको नाताले केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । तर नेपाल–खनाल समूहसँगको विवादका कारण ओलीलाई पनि अप्ठ्यारो छ ।

 

 
 
  
 

You may also like