उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, थप कडाइ गरिने

काठमाडौं। काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्ब्याइने भएको छ । आज (मंगलबार) काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजको बैठकले आउँदो जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । ‘हामीले १५ दिनका लागि निषेधाज्ञा जारी गरिसकेका छौं । अब तीनवटै जिल्ला प्रशासनका प्रजिअको हस्ताक्षण गर्न बाँकी छ । त्यसपछि सार्वजनिक गर्नेछौं’, प्रजिअ पराजुलीले भने ।

यसअघि, वैशाख २९ गते बुधाबारसम्मका लागि जारी गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । वैठकमा अहिलेसम्मको निषेधाज्ञाको समीक्षा हुनुका साथै कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै थप कडाइ गरिने जनाइएको छ ।

 

 
 
  
 

You may also like