नेपाल–खनाल पक्षलाई ओलीको आग्रह : हतारोमा अप्रिय निर्णय नलिनुस्

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल–भलनाथ खनाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका हुन् ।

ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।

ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीय ज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’ ओलीलाई दिएको समय सीमाभित्र कुनै जवाफ नआएपछि नेपाल–खनाल पक्षका सांसद राजीनामा दिन सिंहदरबारमा भेला भइरहेका बेला ओलीले यस्तो आग्रह गरेका हुन् ।

 

 
 
  
 

You may also like