नेपाल–खनाल पक्षले तत्काल राजीनामा नदिने, संसद वैठकमा नजाने

काठमाडौ। नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदहरुको राजीनामा तत्कालका लागि रोकिएको छ ।
सिंहदरबारमा आज विहान भएको छलफलपछि नेपाल–खनाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिष्कार समेत गरेको जनाइएको छ ।

तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिएका छन् । उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए ।

 

 
 
  
 

You may also like