मध्यराति सिलौटोले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका–२ नवलपुर घर भई हाल हरिवन–११ मा बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षीया पत्नी उषादेवी कर्णको हत्या गरका प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका–११ स्थित रामबली साहको घरमा डेरा गरी बस्दै आएका कर्ण दम्पतीबीच आइतबार राति विवाद भएको थियो । सोहि क्रममा विजयलालले मसला पिस्ने सिलौटाले पत्नी उषाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

घटना लगतै पति विजयलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमको जिल्ला अस्पताल मलंगवा लगिएको र घटनाको थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

 
 
  
 

You may also like