लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय, आजै सपथ

बुटवल। नेकपा एमालेले लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई नै नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ ।
आज (आइतबार) बसेको संसदीय दलको बैठकले संविधानको धारा १६८ (१) बमोजिम दाबी पेस गर्ने र मुख्यमन्त्रीमा पोखरेललाई नै प्रस्ताव गर्ने निर्णय गरेको मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

संविधानको उक्त धारामा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ ।’

पोखरेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । आज नै मुख्यमन्त्रीको शपथ हुन सक्ने उनले बताए । जनता समाजवादी पार्टी (जसपा) का चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभा ८१ सदस्यीय छ । जसमा सरकार बनाउनका लागि आवश्यक संख्या ४१ हो । ४१ एमाले एक्लैको छ ।

 
 
  
 

You may also like