विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश, गुम्यो शंकर पोखरेलको बहुमत

बुटवल। लुम्बिनी प्रदेश सभाको आज (आइतबार) बाट शुरु हुन लागेको विशेष अधिवेशनअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीतिमा हलचल आएको छ ।

आज मध्यान्नसम्ममै लुम्बिनी प्रदेशको राजनीतिमा विभिन्न ‘ट्वीस्ट’ हरु आएका छन् । भर्खरै मात्र लुम्बिनी प्रदेशमा अर्को पनि ‘ट्वीस्ट’ देखापरेको छ । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले दावी गरेका छन् । यता नेकपा एमालेले भने लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । एमालेले एकल वहुमतको सरकार गठन गर्ने र आजै सपथ खुवाउने योजनासहितको दावी प्रस्तुत गरेको छ ।

 
 
  
 

You may also like