एम्बुलेन्स चालकसंघको रक्तदान सम्पन्न

१५ साउन, बुटवल । सयुक्त एम्बुलेन्स चालकसंघ नेपाल रुपन्देही साखाले बुधबार बृहत रक्तदान सम्पन्न गरेको छ ।

बिरामी बोकेर कुदीरहने चालकहरुले विभिन्न गाउबाट उपचारका लागी आएका बिरामीले रगत नपाएर दुख पाइरहेको देखेर रक्तदान र्गन सुरु गरेको सयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष रामभक्त भन्डारीले बताए । हामीले हाम्रै चालक साथीहरुलाई रक्तदान गर्नुपर्छ भनेर सबै सदस्यलाइ रक्तदान र्गन प्रोसान गरीरहेका छौ ।

रगत चाहिन्छ दुर्घटना हुन्छ आफन्तलाई चाहिन्छ तेसैले अस्पतालमा उपचारकालागी आउने सबै बिरामी रगतको पहुचमा पुगोस भनेर हामीले समय समयमा रक्तदान गर्दै आएको अध्यक्ष भन्डारीले भने ५४ युनिट रगत संकलन गर्न सफल भएका छौ ।

रक्तदानले कसैको जिबन दान हुन्छ तेसैले सबैले रक्तदान गरेर बिरामीको उपचारमा सहयोगी बनौ भन्ने नारा सहित बेलाबेलामा बिरामीलाई फलफुल बितरण सरसफाई चालमहरुबिच भाईचारा तथा अत्मियता बढाउन जिल्ला स्तरिय भलीबल प्रतियोगिता खेल जस्ता रचनात्मक कार्यक्रम समेत गर्दै आएको एम्बुलेन्स चालक संघ रुपन्देहीका बरिष्ठ उपाध्क्ष सुरज तिवारीले बताए ।

हामी चालक मात्र नभएर समाजका हरेक सामाजिक कार्यमा सहभागिता अनिवार्य भएको बताए । रुपन्देहीमा कुनै बिरामीले रगत अभाबमा ज्यान गुमाउनु नपरोस भन्ने नै मुख्य उदस्य रहेको छ ।

यो पनि पढ्नुहोस्

 
 
  
 

You may also like