रुपन्देहीका ४ सय होटल व्यवसायीले आइसोलेशन र क्वारेन्टाईन वनाउन सरकारलाई दिने

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रोचरणको माहामारी फैलदै गएसंगै जिल्लाका ४ सय बढी होलटहरुलाई आइसोलेशन र क्वारेन्टाईन वनाउनकालागि राज्यलाई सहयोगगर्नतयार रहेको जनाएको छ ।संघले कोरोना विरुद्धको स्वास्थ्यमाप दण्ड अपनाएर १ हजार बढी कोभिड संक्रमितहरुलाई राख्न सक्ने गरि तयारी गरेको जनाएको छ ।

संघको पदाधीकारीको आकस्मिक बैठकलेसरकारलाई आवश्यक परेकाजिल्लाकाहोटलहरु उपलब्ध गराउन सक्ने निर्णय गरेको हो ।संघका अध्यक्ष राम प्रसादगौतमले कोभिडको महामारीमाव्यवसायीहरुलाई राहातप्रदानगर्न सरकारले गतवर्ष नै घोर्षणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्डको चार्ज मिनाहागर्ने निर्णय गरेतापनिविद्युतप्राविधीकरणले परिपत्रनआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यानजान जरुरी रहेको औल्याउनु भयो ।

संघले कोभिडको माहामारीको अग्रभागमा खटिने होटल यवसायी रकर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउनमागगर्ने निर्णय समेत गरेको छ । सरकार र स्थानियतहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतनाकार्यक्रमगर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ ।संघले कोभिड संक्रमितभएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा निम्नतमशुल्कमा राख्न सक्ने गरि तयारी गरिएको र बैठकवाटै सोको निर्णय समेत गराएको महासचिवमाधवकुमार खनालले बताउनु भयो ।

होटलतथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ । पछिला दिनमा स्तरिय होटल तथा रिसोट खोल्ने क्रमनिकै वढेपनिकोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले उनिहरुको लगानीका सुरक्षाकालागि सरकारले व्यवसायीक ऋणमा सहुलियत र व्याजमिनाहा जस्ता राहातकाकार्यक्रम संचालनगर्न जरुरी व्यवसायीको माग रहेको छ ।

 

 
 
  
 

You may also like