थप २,५५९ कोरोना संक्रमित संक्रमण , पाँचको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २,५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडांँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौंपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा पाँच जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

 

 
 
  
 

You may also like