वीर नारीको सत्य कथामा रुमलिएको बास्तबिक घटना लघु फिल्म ‘चोरकाटे’

by समतल अनलाइन

गुल्मी । नेपालकै धार्मिक जिल्ला गुल्मी मा नेपालको एक ग्रामिण परिवेशका ईतिहास समेटेर एतिहासिक वृत्तचित्र बन्ने भएको छ । सत्य घटनामा आधारित चोर काट्ने वीर नारी को सत्य कथामा रुमलिएको बास्तबिक घटनामा आधारित रहेर वृत्तचित्र बन्ने भएको हो ।

करिब १०० बर्ष अघिको ग्रामिण जिबनशैली, बोलचाली, धर्म संस्कृति, सामाजिक रहनसहन र चोर कटिएको घटनालाई मुख्य बिषयबस्तु बनाइएको छ । लघु फिल्म ‘चोरकाटे’ लाई प्रकाश ढकाल ले लेखेका छन् भने निर्देशन पनि आफै गर्नेछन् ।

यस लघु चलचित्र ‘चोरकाटे’ नामको वृत्तचित्र निर्माण कृष्ण भण्डारी निर्माण गर्न लागेका हुन् । चलचित्रको यहि असोज १३ गते सोमबार को दिन गुल्मी चोरकाटेमा शुभमुहुर्त गरिदै छ ।

गुल्मीकै ढाब निवासी निर्माता भण्डारीले आफ्नो जुन्मभुमीको, हजुर बुवा आमाका पालाको कथा अब हाम्रा सन्तती ले महसुस गर्ने बताएका छन् ।
गुल्मीका विभिन्न सेरोफेरो का घटना बिषय बस्तुसँगै चोरकाटेको पुरानो ईतिहास र थकालीहरुले समाज बिकासमा दिइएको योगदानलाई पनि वृत्तचित्र मा देखाउनुका साथै हाम्रा विगतका पुस्ताको जीवन शैलीलाई समेत जोड्न लागिएको निर्माता भण्डारीको भनाई छ ।

लोपोन्मुख हुन लागेका हरेक हाम्रा भाषा भेषभुषा संस्कृति परम्परा नयाँ पुस्तालाई अवगत गराउन चालिएको यस वृत चित्रबाट आम्दानी भएको रकमले चोरकाटेमा कम्प्यूटर जडित आधुनिक पुस्तकालय खोलिने समेत बताइएको छ ।

चलचित्र शुभमुहुर्त कार्यक्रम मा जिल्ला स्तरिय राजनीतिज्ञ, समाजसेवी र स्थानीयको उपस्थिति रहने छ । यस लघु चलचित्र गुल्मीको भार्से, जुनियाँ, शान्तिपुर, रुपाकोट, जोहाङ, उल्लिखोला, प्रमानन्दनगर लगायतका स्थानहरुमा छायांकन गर्ने तयारी गरिएको र राष्ट्रिय स्तरका कालाकार र स्थानीयहरुले अभियन गर्ने छन। उक्त वृत्तचित्र तिहार लगतै रिलिज गरिने बताइएको छ ।

 
 
  
 

You may also like