सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

आज (बुधबार) बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक लिखित जानकारी दिने जिम्मा प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

माओवादीले सरकारलाई समर्थन नभएको बताउँदै आए पनि समर्थन फिर्ताको निर्णय भने लिएको छैन । अब सरकारलाई दिएको समर्थन जुनसुकै बेला पनि फिर्ता हुन सक्ने श्रेष्ठले बताएका छन् । अध्यक्ष प्रचण्डले पनि केहि समयअघि सरकारलाई दिएको समर्थन अब धेरै समय नरहने बताउँदै आएका थिए ।

 
 
  
 

You may also like