मोडल अफ तिलोत्तमा सिजन – २ को उपाधि रेजिना कार्कीलाई

बुटवल ।मोडल अफ तिलोत्तमा सिजन – २ को उपाधि रेजिना कार्कीले हात पारेकी छिन । बुटवलमा करिव एक महिना देखि विभिन्न चरणका अडिसन हुदै सोमवार भएको फाइनलमा सात जना प्रतियोगीलाई पछी पार्दै उपाधि जितेकी हुन ।

प्रतियोगितामा फस्ट रनर अपको उपाधि बिनु पुन , सेकण्ड रनर अपको उपाधि रोमा पाण्डेले हात पार्न सफल भएकी छन् । बिउटी विथ द परपोज र इन्टेलिक्युल मोडल अफ तिलोत्तमा  एम्वेस्टरको उपाधी अनु फुल्लेलले प्राप्त गरेकी हुन । भ्युअर च्याइस दिपक सुनारले उपाधि प्राप्त गरेका छन् भने अर्गनाइजर च्वाइस र मस्ट एक्टीभको उपाधि गोबिन्द पौडेलले प्राप्त गरेका छन् ।
त्यसै गरि मस्ट कन्फीडेन्ट अवार्ड रोमा पाण्डेले प्राप्त गरेकी छिन बेस्ट स्टेज परफर्मर र मस्ट डिसीपिलिनको उपाधि उषा रावलले प्राप्त गरेकी छिन ।

 आयोजक द डाइनामिक फेसन स्टाइलका प्रवन्ध निर्देशक श्रेयान अचार्यको अध्यक्षता र बुटवल फिटनेश एण्ड जिम हाउसका प्रमुख बिजेनमान श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा निर्णायकहरुमा दिवाकर पौडेल , दिपा पाठक र अमिसा थापा लगायतको रहेको थियो । कार्यक्रममा चियरमेन सौरभ रेग्मी , फेसन कोच युकेशमन ज्ञवाली , एसिस्टेन कोरोयोग्राफर सुरज परियार , सल्लाहकार माधव अर्याल , इभेन्ट डाइरेक्टर जीवन शर्मा रहेका थिए ।

प्रतियोगितामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । आविष्कार पराजुली सञ्चालनमा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like