पछिल्लो २४ घन्टामा १७३६ जना कोरोना संक्रमित थपिए , ११ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ५५ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २५१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जना पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख ६० हजार ५ सय ५७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

 

 
 
  
 

You may also like