चन्द्र रोकाको अध्यक्षतामा प्रदेश समिति गठन

बुटवल । राष्ट्रिय उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश समितिको प्रथम भेलाले रुपन्देहीका चन्द्र बहादुर रोकाको अध्यक्षतामा सत्र सदस्यीय प्रदेश कमिटि गठन गरेको छ ।

बैसाख पाँच गते लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सम्पन्न उक्त भेलाले जेठको पहिलो साता भित्र प्रदेशका सबै जिल्लाहरुमा महासंघ निर्माण गर्नुका साथै स्थानिय तहसंम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

नेकपा क्रान्तीकारी माओवादीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यता, पिताम्बर पुनको अध्यक्षता र चन्द्र बहादुर रोकाको संचालनमा सम्पन्न सो भेलामा सोही पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने, राष्ट्रिय उद्योग व्यापार व्यावसायी महासंघका केन्द्रीय सम्योजक जितेन्द्र दाहाल लगाएतको उपस्थिति थियो ।

 
 
  
 

You may also like