मोक्षधाममा बिभिन्न पवित्र धामका कलात्मक मन्दिर बनाईँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चार धामका कलात्मक नमुना मन्दिर निर्माण गरिँदै छ । पुराणमा उल्लेख भए अनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरि चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपा निर्माण गर्न लागिएको हो ।

पृथ्वीमा स्वर्गको अभाष हुने परिकल्पना गरिएको मोक्षधाममा ती धाम सहित विभिन्न देवी देवताका विग्रहरु स्थापित गरिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुनसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो । ती ६ वटा धाम निर्माणको लागि करिव १ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । त्यसरी निर्माण गर्न लागिएको ती धामहरुको यहि बैशाखको ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । आयोजना निर्माण स्थल ९मोक्षधाम०मा बद्रिनाथ, जगन्नाथ, रामेश्वरम, द्वारिका, रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपाको सन्त महन्त, जनप्रतिनीधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनहरुबाट सामुहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी गराउनु भयो ।

त्यस्तैगरी निर्माण सपन्न मुक्तिनाथ मन्दिर, १ हजार १०८ शिवलिंग द्वादश ज्योतिर्लिङग सहित विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास ९सत्संग कक्ष० भवन, बृद्धा तथा बाल आश्रम, शभा हलको उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ । ती निर्माण सम्पन्न पूर्वाधार उद्घाटनको लागि अर्थमन्त्री विष्णु पौडेल, नेपाली काँग्रेस प्रतिनीधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँण, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज आउनु हुनेछ ।अनेकौं देवीदेवताहरुको विग्रह स्थापना गरि शनातन वैदिक धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरि पूर्वाधार निर्माण सुरु गरिएको थियो । २०७२ देखि निर्माण सुरु गरिएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंग तथा १ हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा बृद्धाश्रम, मुक्तिनाथ मन्दिर, सभा हल निर्माण गरिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै सरदर ६ करोड रुपैंया खर्च भएको छ भने धामको अहिले चल अचल समेत गरि ५० करोड बढी रहेको कोषाध्यक्ष बञ्जाडे बताउनु हुन्छ ।

 
 
  
 

You may also like