डढेको खानेकुरा खाँदा क्यान्सर हुने अधिक सम्भावना

by समतल अनलाइन

काठमाडौँ । अनुसन्धानकर्ताका अनुसार रोटी, पाउरोटी, चिप्स तथा आलु डडाएर अथवा पोलेर खान नहुने निष्कर्ष निकालेका छन् ।

यसरी पाउरोटी, चिप्स तथा आलुसहितका खानेकुरा सुनौलो पहेँलो रंगको हुने गरी पकाएमा क्यान्सरको खतरा पनि उत्तिकै बढी हुने उनीहरुको ठम्याइ रहेको छ ।

उनीहरुका अनुसार कार्बोहाइड्रेट युक्त खानालाई बढी समय पकाउँदा त्यसमा एक्रिलामाइड नामको रसायन निस्कछ ।

यो रसायनका कारण क्यान्सरको खतरा बढी हुने वैज्ञानिकले बताएका छन् ।

पाउरोटी, चिप्स, आलुसहितका खाद्य पदार्थको रंग पकाउने क्रममा जति गाढा खैरो वा सुनौलो पहेँलो बनाइन्छ त्यति नै बढी एक्रिलामाइड रसायन बन्छ ।

यसले क्यान्सरको खतरा पनि बढ्ने क्यान्सर अनुसन्धान केन्द्र युकेका वैज्ञानिकले जनाएका छन् । यसले गर्दा खाद्य पदार्थ पकाउने तर खैरो बनाउन नहुने उनीहरुको भनाई छ ।

 
 
  
 

You may also like