रोनाल्डो र भान डाइकलाई पछि पार्दै मेस्सीले जिते ‘फिफा वर्ष खेलाडी’को अवार्ड

by समतल अनलाइन

काठमाडौँ । बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी स्टार खेलाडी लियोनल मेस्सी फिफा वर्ष खेलाडी द बेष्ट घोषित भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान आयोजना गरेको एक कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पार्दै उनले उक्त अवार्ड जितेका हुन् ।

अवार्ड कार्यक्रममा उनी भावुक समेत भएका थिए । उनले भने, ‘यो सम्मान दिने सबैप्रति म आभारी रहेको छु । आज मेरा लागि यो विशेष दिन हो । आज पहिलो पटक यस्तो कार्यक्रममा मेरो पुरै परिवार सहभागी रहेको छ । उनीहरु मसँग हुनु नै मेरा लागि सबैभन्दा अमुल्य खुसी हो । उनीहरु सबैलाई फुटबल मनपर्छ । उनीहरु प्रत्येक खेल हेर्दै रमाइ रहेका हुन्छन् ।’

उत्कृष्ट १० खेलाडीको सुची

 
 
  
 

You may also like