आईपीएलको उद्घाटन खेलमा आज मुम्बई र बेङ्लोर भिड्दै

काठमाडौं। विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आज (शुक्रबार) बाट शुरु हुँदैछ । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरले भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरू भएका टिम मानिन्छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलको १४ औं लिगमा आफ्ना धेरै नियमहरू परिवर्तन गर्न लागेको छ । बोर्डले अन फिल्ड सफ्ट सिग्नलको नियमलाई हटाउँदै एक पारी ९० मिनेटभित्र सक्नुपर्ने नियम बनाएको छ ।

पहिला २० औं ओभर ९० मिनेटमा शुरु गनुपर्ने नियम भएकोमा अहिले निर्धारित ९० मिनेटमा २० ओभरको खेल सक्नुपर्नेछ । कुनै कारणले २० ओभरको खेल नभएको खण्डमा हरेक ओभरलाई ४ मिनेट १५ सेकेण्डको हिसाब गरेर समय तय गरिने बीसीसीआईले जनाएको छ ।

यदि कुनै पनि टीमले समय खेर पालेको पाएमा चौथो एम्पाएरको भूमिका अन्यन्त महत्वपूर्ण हुनेछ । समयमा पूरा नगरेको खण्डमा संशोधित ओभर रेट नियम र बलिङ गर्ने टीमलाई चेतावनी दिने अधिकार अब चौथौ अम्पाएरलाई दिइएको छ । फिल्डमा भएको अम्पाएरको संकेतको असर थर्ड अम्पाएको निर्णयमा नपर्ने नियम पनि बीसीसीआईले थप गरेको छ ।

यसको मतलब खेलको दौरान फिल्डमा भएको अम्पाएरले थर्ड अम्पाएरको मद्दत लिने क्रममा सफ्ट सिग्नलको इशासा गर्न पाइने छैन । फिल्ड अम्पाएरका कारण थर्ड अम्पाएरलाई निर्णय लिन सजिलो होस् भन्ने उद्देश्यले यो नियम राखिएको हो । यो नियमका कारण विवाद उत्पन्न नहुने बीसीसीआईको विश्वास छ ।

 

 
 
  
 

You may also like