तपाईको बेडमा यी कुरा मिलेका छन् ?

आ म त घर्लप्प सुत्ने हो । बिहान उठेपछि टाप । कस्ले मिलाउनु बेड । कसले विचार गर्नु यावत् कुरा ।’आजका पुस्ता अध्ययन सँगसँगै पकेट मनिकै लागि भएपनि कुनै न कुनै काममा अल्झिएका हुन्छन् । यो उनीहरुको जवाफ स्वभाविक पनि होला ।

अनि अधबैँशे तथा जुनसुकै उमेरका व्यक्तिहरु पनि ‘बिजी’ भएका कारण बेड व्यवस्थित गर्नेबारे सोच्दैनन् । तर एक अध्ययन अनुसार तपाईको बेड व्यवस्थित हुनु जरुरी छ । जीवनमा धेरै प्रकारका सकारात्मक परिवर्तन लागि तपाईको बेड सफा हुनुपर्छ । बेड कस्तो हुनुपर्छ केही टिप्सहरु यहाँ छन् ।

पूर्व अथवा दक्षिण दिशातर्फ मुख फर्काएर सुत्नुपर्छ । पूर्वतर्फ शिर फर्काएर सुत्नाले विद्या तथा दक्षिणतर्फ शिर फर्काएर सुत्नाले धन र आयुको वृद्धि हुन्छ ।

थकान तथा चिन्तालाई बिर्सने ठाउँको रुपमा लिनुहुन्छ ।

ओछ्यानमा सुतीको तन्ना हुनु राम्रो मानिन्छ ।

तपाईको टाउकोको लेभल भन्दा सिरानी धेरै अग्लो हुनुहुँदैन । र सिरानी धेरै कडा हुनुहुँदैन ।

डसना पनि कडा हुनुहुँदैन ।

बेडरुमको भित्तामा प्राकृतिको तस्वीरले सजाउँदा राम्रो हुन्छ ।

अहिले बजारमा विभिन्न किसिमका ‘वाल पेन्टिङहरु’ पनि पाईन्छ तिनको प्रयोग गर्न पनि सकिन्छ ।

बेडरुम सफा, हावा ओहोरदोहोर गर्ने हुनुपर्छ ।

बेडरुममा डिफ्युज्ड लाईटको प्रयोग गर्न पनि सकिन्छ ।

बेडरुममा हलुका निलो वा हरियो कलर राम्रो मानिन्छ ।

सुगन्धको लागि गुलावबजको ड्राइ प्याकेट ओछ्यानमा प्रयोग गर्न सकिन्छ ।

पर्दा, तन्ना र भित्ताको कलर मिलाउनुपर्छ ।

धेरै झिलिमिली रंग राम्रो मानिदैन ।

बेड वरिपरि वरपर किताब अथवा अन्य अनावश्यक सरसामान राख्नुहुँदैन ।

ओछ्यान मा टिभी, स्टडी टेबल आदि राख्नु हुँदैन । यसबाट मानसिक शान्ति र शारीरिक आराममा नकारात्मक प्रभाव पर्छ ।

ओछ्यानमा काम, व्यवसाय, आर्थिक सम्बन्धि काम गर्नुहुँदैन ।

ओछ्यानलाई भित्तामा टाँसेर राख्नुपर्छ ।

कोठाको बिममुनि सुत्नु हुँदैन । यो स्वास्थ्य र सम्बन्धका लागि ठीक हुँदैन ।

ओछ्यान अगाडि ऐना नराख्नु उचित हुन्छ । किनकी यो वास्तुअनुसार राम्रो मानिँदैन ।

तन्नालाई हप्तामा एक पटक धुनुपर्छ ।

ओछ्यान संगै जोडिएको ‘एट्याच बाथरुम’ सधैं सफा तथा ढोका बन्द गरेर राख्नुपर्छ ।

 
 
  
 

You may also like