जन्मदिनको अवसरमा मानवसेवा

बुटवल ।लियो क्लब अफ बुट्वलले क्लब का अध्यक्ष हिमालय भुसालको जन्मदिनको अवसरमा खाद्यान्न बितरण गरेको छ। नेपाल अपांग आश्रम देबिनगर, बुटवलमा गरिएको कार्यक्रममा प्रमुख अतिथि पुर्व अध्यक्ष लायन राजु पौडेल साथै अतिथीहरु मा पुर्व अध्यक्ष महेश खनाल, निबर्तमान अध्यक्ष अविनास श्रेष्ठ थिए ।

बक्ताहरुले सो अवशरमा जन्मदिनको अवशरमा सबै आम मानिसले यसै गरि सेवा सहयोग गर्दै जादा धेरै राम्रो सन्देश जाने र मानवता बढने र राम्रो सस्कार स्थापित हुने बताए।

शेवाको यो भावनालाई एउटा सस्कारको रूपमा बिकाश गर्न लियो क्लब अफ बुटवलले गरेको कामको प्रमुख अतिथी ले खुलेर प्रसंशा गरेका थिए।

क्लबका अध्यक्ष हिमालय भुसालले अनावश्यक रुपमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा यसरी मनाईरहदा सेवा गर्ने अवसर मिलेको भन्दै आफुलाई छुट्टै खालको आनन्दको अनुभुती भएको र आगामी दिनमा पनि आफुले यस्तो कार्यलाई निरंतरता दिने बताए। कार्यक्रममा नेपाल अपांग आश्रमका संचालक ले आगामी दिनमा पनि आफ्नो जिवनको महत्त्वपूर्ण दिनहरु यसैगरी मनाउन आग्रह गर्नुभयो।

कार्यक्रमको सन्चालन प्रथम उपाध्यक्ष ले गरेका थिए भने उल्लेख लियो सदस्यहरुको उपस्थिती ले कार्यक्रम मा रौनकता थपेको थियो।

 
 
  
 

You may also like