बिद्यालय स्तरिय बतृत्वकला प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ बुटबल डाउनटाउनले सामाजिक विषयमा रोटरीको भुमिका भन्ने विषयमा बिद्यालय स्तरिय बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकस, रोट्¥याक्ट क्लब अफ बुटबल डाउनटाउन, रोट्¥याक्ट क्लब अफ सिनर्जीको संयुक्त आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका ११ वटा विद्यालयबाट सहभागि भएका थिए । कार्यक्रममा प्रथम स्थान क्यानन बोर्डिङ स्कुल का बिक्रम भण्डारी र दोस्रो स्थानमा स्कलर्स होम बोर्डिङ स्कुल कि नबिना भुसाल र तेस्रो स्थान दिप बोर्डिङ स्कुल कि गृश्मा पोखरेल र शान्तना स्थान बुद्ध पुब्लिक स्कुल कि दिया न्यौपानेले प्राप्त गरेकि छन् ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रीक अवार्ड कमिटी चियर नुगल आनन्द वैद्यले रोटरी क्लबहरुले सामाजिक क्षेत्रमा निकै ठुलो महत्वपूर्ण भुमिका खेलेको बताए । रोटरी क्लबहरुले शिक्षा स्वास्थ्य खेलकुद लगायतका विभिन्न बिषयहरुलाई प्राथामिकताका साथ अगाडी बढाएको बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रीकका एसिष्टेन्ट गभर्नर इन्द्र रिसाल, राजेन्द्र ढकाल, पाब्सन नेपालका प्रग्गिक सल्लाहकार कृष्ण खनाल अविभावक संघ रुपन्देहिका अध्यक्ष लोकनाथ ज्ञवालीनेशनल पाब्सन रुपन्देहिका अध्यक्ष देउ प्रकाश राइ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रोटरी डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षता तथा कार्यक्रम संयोजक तथा रोटरी यद्मिनका बाबुराम बञ्जाडेको संचालनमा सम्पन्न भएको थियो।

कायकर्ममा बुटवल बहुमुखि कयम्पसका सहायक चिफ प्रकाश पैाडेल, नवलपरासि पाब्सन सदस्य गणेश डुम्रे तथा भिम राज श्रेष्ठको उपस्थिति रहेको थियो । प्रथम दित्तीय ,तृतिया र सान्वना स्थान प्राप्त गर्नेलाई क्रमश : रु.१२००० , रु. ८००० , रु. ५००० र रु. २००० मेडल प्रमाणपत्र र सोलार लाइट प्रदान गरिएको थियो।

 
 
  
 

You may also like