लियो मणिमुकुण्दको शुक्रबार म्युजिकल नाईट हुने

बुटवल। अर्ना बियरको प्रस्तुतीमा रुपन्देहीमा लियो मणिमुकुन्द म्युजिकल नाईट २ फ्युजन सुफि म्युजिक हुने भएको छ। लियो क्लब अफ बुटवल मणिमुकुन्दको आयोजनामा चैत १३ गते शुक्रबार बोधि भिल्लामा म्युजिकल नाईट २ हुने भएको हो ।

मंगलबार बुटवल देवीनगर निलायो रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी भैरहेको क्लबमा अध्यक्ष कोमल थापाले बताईन । सामाजिक कार्यमा अग्रसर क्लब नया ढंगको कार्यक्रमहरुमा प्राथमिकता दिदै आएको बताईन। अफसर अलि एण्ड पियोनिट्ससंगै कविता एण्ड ग्रुपको डान्सको प्रस्तुती रहने उनले बताए ।

करीब ५ लाख ३० हजार रुपैया खर्च हुने कार्यक्रमलाई विभिन्न संघसंस्था तथा सहयोगदाताबाट जुटेको उनले बताए ।कार्यक्रममा निवर्तमान अध्यक्ष फेज शाह, पुर्व अध्यक्ष मदन थापा, सुसिला घिमिरे, राम सिंजाली थापाले निरन्तर सामाजिक कार्यमा अग्रसर रहेको बताए।
संयोजक सुशिला घिमिरेले ३ सय टिकट बिक्रि हुने अनुमान रहेको बताईन। पहिलो म्युजिक नाईटबाट समेत सामाजिक कार्यमा लगाएको उनले बताए । कार्यक्रमलाई साथ लायन्स क्लव बुटवल मणि मुकुन्दले दिएको छ ।

 
 
  
 

You may also like