मोडल अफ तिलोत्तमाको पहिलो अडिसन सम्पन्न

बुटवल । युवा युवती हरुको ब्याक्तित्व विकासका साथै उनिहरुको प्रतिभा उजागर र समाज रुपान्तरणमा युवाको सक्रियता बढाउने उदेश्यले द डाइनामिक फेसन स्टाइल द्वारा आयोजना हुन लागेको मोडल अफ तिलोत्तमा सिजन-२ को पहिलो अडिसन सम्पन्न भएको छ ।

बुटवलको होटल द मिरर इनमा भएको अडिसनमा १२ भन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए । द डाइनामिक फेसन स्टाइलका प्रमुख तथा कार्यक्रमका अर्गनाइजर सौरभ रेग्मी को सभापतित्व रहेको कार्यक्रममा सेक्युरिटी होमका प्रबन्ध निर्देशक माधव अर्याल को प्रमुख आतिथ्यता र जीवन शर्मा लगाएतका अतिथीको पनि उपस्थिती रहेको थियो । अडिसनको निर्णायकको भूमिकामा मिस एस.ई.ई.नवलपरासी मन्दिरा ठकुरी, समाजसेवी लोचन भुसाल र इभेन्ट अर्गनाइजर श्रेयान आचार्य र सौरभ रेग्मी रहेका थिए ।

एक वर्ष पहिले आयोजना भएको पहिलो सिजनमा जस्तै यो सिजनमा पनि उल्लेखनीय सहभागिता र सबैको साथ सहयोग मिल्नेमा विस्वस्त रहेको कार्यक्रमका निर्देशक श्रेयान अचार्यले बताए । कार्यक्रमको समयावधीभर युकेश मान ज्ञवालीको कोरियोग्राफी रहने र अवको दुई हप्तासम्ममा ट्रेनिङ सम्पन्न गरि फाइनल कार्यक्रम हुने समेत आचार्यले जानकारी दिए ।

 
 
  
 

You may also like