गायक अर्जुन कुँवरको ‘पिरती बुनेसी’ सार्वजनिक

by समतल अनलाइन

गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो)को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ । आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक गरेका हुन् । सो गीतमा पितृबुढो र सीमा नेपालीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना र संगीत छ ।

महेन्द्र भण्डारीको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमिल्सिनाले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । पिरती बुनेसीमा निक्स शर्मा, सभिरा बोहरा र आर्जु कुँवरको अभिनय छ ।

 
 
  
 

You may also like