स्थानिय सरकार जनमैत्री हुनुपर्नेमा जोड

by समतल अनलाइन

बुटवल। बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय सरकार जनमैत्री हुनुपर्नेमा जोड दिएका छन् । पत्रकार स्व. देव बहादुर पाटामगरको चौधौं स्मृति दिवसमा आइतबार बुटवलमा आयोजित ‘स्थानिय सरकार र आदिवासी जनजातिका सवाल‘ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

वक्ताहरुले स्थानिय सरकारले आदिवासी जनजाति, दलित, महिला र फरक क्षमता भएकाहरुको उत्थान र सशक्तिकरणका प¥याप्त वजेट विनियोजन र कार्यक्रमका लागि ध्यान नदिएको उनीहरुको गुनासो छ । सो अवसरमा बोल्दै ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले आदिवासी जनजाति, दलित, महिला र फरक क्षमता भएका वर्ग र समुदायका उत्थानका लागि ओमसतीया गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै आगामी दिनहरुमा अझ विशेष ध्यान दिने बताईन् ।

स्थानिय सरकारले आदिवासी जनजाति, महिला र फरक क्षमताका व्यक्ति र समुदायका सवालमा नजरअन्दाज गर्न नहुने उनको भनाई थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, लुम्विनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोती मगर, नेपाल छन्त्याल संघ रुपन्देहकिा अध्यक्ष भरत छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का उपाध्यक्ष दुर्गा प्रसाद क्षेष्ठ, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे, सामाजिक अभियन्ता अधिवक्ता बालकिशोर राना लगायतले बोलेका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षता, उपाध्यक्ष प्रेम थापाको स्वागत तथा सचिव राज चौधरी र सहसचिव आकृति थापाको सञ्चालनमा सम्पन्न भएको थियो । बुटवलबाट प्रकासित राज्यसत्ता साप्ताहिकमा सम्पादकको जिम्मेवारी निभाएका स्व. देव बहादुर पाटा मगरको वि.स. २०६५ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा सडक दुर्घटनामा परि निधन भएको थियो । स्व. पाटा फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् ।
Sonu

 
 
  
 

You may also like