बिहिबारदेखि ३३ औ झरना कप सुरु, भारी गोल गर्दै नेपालगंज ११ बिजयी

by समतल अनलाइन

बुटवल । झरना स्पोर्टस क्लबको आयोजनामा बिहिबारदेखि शुरु ३३ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालगंज ११ नेपालगंज बिजयी भएको छ ।

तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा न्यु सृजना युवा क्लब करौजियालाई १ का विरुद्घ ५ गोलले पछि पार्दै नेपालगंज ११ विजयी भएको हो । खेलमा नेपालगंज ११ का लागि जर्सी नम्बर ११ का बिक्रम सिंह ठकुरीले गरी ३ गोल गर्नुभएको थियो भने अन्य २ गोल बिनोद केसी र मान बहादुर तामांगले गरेका थिए भने न्यु सृजना युवा क्लब करौजियाका लागि जमिर मिया र बिशाल बुढा १/१ ले गोल गरेका थिए ।

शुक्रबारको खेलमा नेपालगंज ११ नेपालगंजका बिक्रम सिंह ठकुरीका म्यान अफ दि म्याच घोषित हुनुभएको छ । प्रतियोगिता अन्तर्गत भोलि आयोजक झरना स्पोर्ट्स क्लब कुञ्जलापुर र सिम्रिक युवा क्लब कालिकानगर बीच प्रतिस्पर्धा हुने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दीर्घकुमार केसीले बिहिबार उद्घाटन गरेका थिए । प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नवलपरासी ११ लाइ २ का विरुद्घ ३ गोलले पछि पार्दै योङ्ग स्टारफुटबल क्लब मडाहा विजयी भएको थियो । प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुनले बताए ।

हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई निशुल्क प्रवेश दिइएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।

 
 
  
 

You may also like