पर्यटन प्रचारका लागि साईक्लिङ

बुटवल । रुपन्देहीको मानव स्वस्थ्य र पर्यटन प्रवद्घर्न गर्ने लक्ष्यसहित रुपन्देहीमा साईक्लिङ कार्यक्रम गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजना तथा न्यु दुर्गा नर्सरी, सैनामैना नगरपालिकाको सहयोगमा शनिबार सचेतनामुलक साईक्लिङ कार्यक्रम गरिएको हो ।

सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भएको साईकल र्याली सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले उद्घाटन गर्दै मानव स्वस्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साईक्लिङ महत्वपुर्ण हुने बताईन। युवाहरुको अगुवाईमा समाजका विकृति र विसंगति बिरुद्ध लाग्नुपर्ने सुझाव दिदै सचेतना जगाउने गरि कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताइन।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन पर्वद्घनका लागि सरकारको चासो बढाउन सुझाव दिए । बुद्घ जन्मस्थल लुम्बिनीमा पर्यटनको बसाई लम्ब्याउन साईक्लिङ प्याकेज एक उत्तम विकल्प भएको भन्दै यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने उनले बताए । प्रदेशमा निर्माण भैरहेका पुर्वाधार विकासलाई साईकलमैत्री बनाउन संस्थागत रुपमा पहल थालेको भएपनि सरकारबाट यसतर्फ विशेष चासो नदिनु दुखद भएको उनले बताए ।

कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सदस्य तथा दलित उत्थान संघका अध्यक्ष सुरज बराल, स्वस्थकर्मी रिता साही, क्लबमा अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सब‌ैको साथ रहेको बताए ।

 
 
  
 

You may also like