आईपीएल : राजस्थानमाथि गुजरात ३ विकेटले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो । जारी आईपीएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार व्यहोर्दै गुजरात ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

 
 
  
 

You may also like