गौर हत्याकाण्ड : खुलेन न्यायको ढोका

काठमाडौं । उमेरको उत्तराद्र्धमा चन्द्रपुर २ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनु पर्ने विगतका याद भन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ ।

उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ । २०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ । भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो ।

तर पाण्डे दम्पतीले शवसमेत हेर्न पाएनन् । अहिले उनीहरु बेसहारा छन् । १४ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही भएको छैन ।

कुनै युद्धभूमिमा लडाइँ हुँदै गरेको फिल्मको भल्को आउने त्यो क्रुर घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्व सभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत १ सय १३ जनाको नाम जोडिएको छ । पाण्डे परिवारका काँछो छोरा दीपक मारिँदा उनी माओवादीको वाईसीएलमा भर्ना भएको ९ महिना पुगेको थियो । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like