घट्दा पनि ग्याँसको मूल्य प्रति सिलिन्डर आठ हजार

हुम्ला। सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्याँसको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् ।

जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्याँसको मूल्य प्रतिसिलिन्डर १४ हजार थिया । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्याँस प्रयोग गर्न थालिएको उनले बताए । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्याँस प्रयोग गर्नेको संख्यामा पनि बढेको छ । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like