मोडल अफ तिलोत्तमा सिजन-२ को अडिसन चैत्र १० गतेबाट हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा द डाईनामिक फेसन स्टाइलको आयोजनामा मोडल अफ तिलोत्तमा सिजन २ हुने भएको छ।

युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ । सहभागितालाई भने चैत्र १० गते मंगलबार  प्रथम अडिसनको व्यवस्था मिलाएको आयोजक टिमका अध्यक्ष सौरभ रेग्मीेले बताए ।

कार्यक्रमको पहिलो अडिशन होटल मिरर इन, बुटवलमा हुनेछ ।उक्त कार्यक्रमको कोरियोग्राफर युकेश मान ज्ञवालीले गर्ने छन् भने कार्यक्रमलाई श्रेयन आचार्यले निर्देशन गर्ने छन् ।

दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरि सकेको द डाईनामिक फेसन स्टाईलले यो कार्यक्रम पनि सफल हुने बताएको छ । १ वर्ष अगाडि सम्पन्न भएको मोडल अफ तिलोत्तमा २०१९ सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको हो ।

 
 
  
 

You may also like