साईक्लिदष्ट देबेन्द्रलाई बुटवलमा स्वागत

बुटवल । पेडल फर एजुकेशनको अभियानमा साथ हिडेका साईक्लिष्ट देवेन्द्र बस्नेतलाई रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुटवलले बुटवलमा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । विहिबार बुटवल आईपुगेका बस्नेतलाई स्वागत गर्दै क्लबका पदाधिकारीहरुले सहयोग गर्ने प्रतिवद्घता जनाए ।

क्लबका अध्यक्ष बालकृष्ण पोखरेल, सचिव ज्ञानु बश्यालले पुष्पगुच्छा र खादा ओढाएर सम्मान गर्दै यस क्षेत्रमा रहेका ३५ क्लबहरुसंग सहकार्य गरेर अभियानलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा अभियन्ता देवेन्द्र बस्नेतले दुरदराजमा रहेका बालबालिकाको शिक्षाका लागि आफू यात्रामा हिडेको बताए । अहिलेसम्म करीब साढे ९ लाख रुपैया रकम उठेको छ। उनले भने । करीब १ हजार २ सय किलोमिटर दुरी पार गर्ने लक्ष्यसहित विद्यालयको सहयोगमा २२ लाख रकम उठाउने गरि अभियान थालेको उनले बताए। हाल उनी दैनिक एक सय किलोमिटरको दुरी पार गरिरहेका छन ।

रोटरी फण्डलाई एक हजार डलर योगदान गरेर सदस्य लिएको एकमात्र क्लब भएको संस्थापक अध्यक्ष सुमन बस्यालले बताउदै शिक्षा, स्वस्थ्य लगायत विभिन्न अभियानमा आफुहरुले सहयोग गरेको बताए ।क्लबमा शुरुवातमा २३ जनाबाट अहिले ५५ बढि सदस्यहरु छन ।

 
 
  
 

You may also like