पश्चिम नेपाल बस ब्यवसायी प्रालिको नवनिर्वाचित यातायात ब्यवसायीको पद स्थापना

बुटवल। पश्चिम नेपाल बस ब्यवसायी प्रालिको प्रथम अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद स्थापन कार्यक्रम भएको छ ।

प्रथम अधिवेशनबाट जीवन बन्जाडे, दधिराम खरेल, पदम गाहा, नारायण प्रसाद घिमिरे, मोहन पिएस, गोपाल बहादुर पौडेल, प्रेमनारायण बेलबासे, कृष्ण प्रसाद सापकोटा (सागर), रामचन्द्र भुषाल, सुरेन्द्र श्रेष्ठ र कृष्ण प्रसाद पाण्डे गरि ११ जना विजयी भएका थिए । एक समारोहका बिच लुम्बिनी प्रदेशका भौतिक पुर्वाधारमन्त्री बैजनाथ चौधरीले उद्घाटन गर्दै पेशा ब्यवसायीहरु प्रविधिसंग अवलम्बन गरि अघि बढ्न सुझाव दिए । सरकार र सरोकारवालाहरुको पहलबाट ओभरलोडको समस्या नियन्त्रण भएको भन्दै अझै पनि धेरै समस्याहरु रहेको उनले बताए । रातो नम्बर पेलेट, तीन पाग्रे सवारी हाईवे र पहाडी क्षेत्रमा संचालन स्वीकृति नभएको भन्दै रुट परिमिट र बिमाको समस्या प्रति सचेत हुन सुझाव दिए । यातायात ब्यवसायीहरुको विज्ञहरुबाट सुझाव दिएर लगानी बोर्डबाट योजना बनाउने काम अघि बढाएको उनले बताए ।

यसैगरि नेपाल सिमा क्षेत्रसंग जोडिएका क्षेत्रहरुमा हिल स्टेशन पहिचान गर्ने काम चलिरहेको बताए । ग्रामिण क्षेत्रसम्म जोड्ने सडक, सुविधायुक्त होटल बनाउने र छिमेकी देशहरुबाट पर्यटक भित्राउने गरि योजना बनिरहेको उनले बताए । सेवा उद्योगका रुपमा रहेको बस ब्यवसायीहरु आफ्नो ब्यवस्थापनका विषय सुधार गरेर लैजान समेत सुझाव दिए ।

कार्यक्रममा निर्वाचन आयुक्त मदन प्रसाद कट्टेल, वडा नं ४ का वडाअध्यक्ष टंक पराजुली, सिद्धार्थ यातायातका सुर्य सारु मगरले शुभकामना दिए ।

 

 

 
 
  
 

You may also like