पहिलो एपिसोडमै बिबादमा तानियो दोहोरी च्याम्पियन : निर्णायकले नै दु:खाए प्रतियोगी कलाकारको मन , सामाजिक संजालमा चर्को बिरोध

बुटवल “प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको “भन्ने मूल नारा बोकेर नेपाल टेलिभिजनको आफ्नै प्रस्तुतिमा लोक दोहोरी दिवशको अवसर पारेर शनिबार राती ८ :५० बजे बाट प्रशारणमा आएको नया रियालिटी शो “दोहोरी च्याम्पियन”को पहिलो एपिसोड गत साता शनिबार नेपाल टेलिभिजनका सबै शाखा र युट्युब च्यानलबाट प्रसारण भयो। प्रसारण भएको पहिलो एपिसोड नै निर्णायकहरुको अपरिपक्क बोल्ने शैलीका कारण पहिलो गासमै ढुंगा लागेको अनुभब भएको छ। प्रतियोगिताको निर्णायकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान का पूर्ब अध्यक्षहरु एबम लोक गायक प्रजापति पराजुली , चन्द्र शर्मा ,श्रजक रमेश बि जी र लोक गायीका सिता थापा रहेका छन। कार्यक्रमको संचालन लोक गायक बद्रि पंगेनी र प्रिती आलेले संचालन गरेका छन।

यस्तो थियो बिबादको मूल जड
कार्यक्रममा प्रतियोगीको रुपमा गएका कलाकार दोहोरी प्रतियोगितामा निखारिएकी कलाकार कल्पना दाहाल र सिन्धुपाल्चोकका सज्जन रोका (प्रदिप ) को गीत गाउने पालो परेको थियो। उनीहरुले “चागु नारायण थान ” बोलको भाकामा गीत प्रस्तुत गरेका थिए। गायिका कल्पना दाहालले नेपाल टेलिभिजनमा गीत गाउन आउदा गेटमा प्रहरीले रोकेको प्रशंग दोहोरीमा उठाएकी थिइन्। जवाफमा पुरुष कलाकारले पनि आफूले नागरिकता देखाएर भित्र पसेको दोहोरीमा प्रस्तुत गरेका थिए। कल्पना र सज्जन रोकाले गाउदा गाउदै बिचैमा रोकेर निर्णयाक चन्द्र शर्माले हेपाह प्रबिती देखाउदै गायिका कल्पना दाहाललाई “तपाई बेलाबेलामा दोहोरी गाईराख्ने एक दुई च्यानलमा भाईरल साईरल भएको कल्पना बहिनि हैनर भनेर अपमान जनक तरिकाले प्रश्न गरेका थिए। जुन कार्यकमको २२ मिनेट देखी २५ मिनेटको बिचमा हेर्न सकिन्छ। त्यसको लगत्तै रमेश बि जी बोलि हाले “गेटमा प्रहरीले रोकेको कुरा किन भनेको सबै कुरा व्यक्त गर्न मिल्दैन तपाईहरु सच्चिनुहोस भन्दै कमेन्ट गरेका थिए निर्णायक रमेश बि जीले

निर्णायकले नै निर्णायकको गरेनन सम्मान
कल्पनाको प्रसंगमा निर्णायक सीता थापा र रमेश बि जी बीच मत बाजिएको थियो। कार्यक्रम संचालक बद्रि पंगेनीले यो बिषयमा कुरा राख्दा चन्द्र शर्माले अपमान हुने किसिमले सिता थापा र प्रजापति पराजुली पुरानो जमानाको गायक र आफुहरु नया जमानाको गायक हुदा बिचार नमिलेको टिप्पडी गरेका थिए।
त्यस्तै अर्का निर्णायक प्रजापति पराजुलीले पनि एउटा महिला प्रतियोगीलाई कपाल र पहिरनको बिषयमा कमेन्ट गरेका थिए।

सामाजिक सन्जालमा आउन थाल्यो बिरोधका स्वर
उक्त कार्यक्रम प्रशारणमा आएपछि सामाजिक संजालमा बिरोध जनाउन थालेका छन। धेरैले जजहरुमा अत्याधिक घमण्ड पलाएको प्रतिक्रिया दिएका छन भने कोहिले सीता थापा बाहेक सबैलाई जजबाट निकाल्न पर्ने आक्रोश पनि पोखेका छन। केहिल्ले चन्द्र शर्मालाई आफुहरुले चिन्दै नचिनेको पनि दिएका छन। प्रतिक्रिया यस्तै यो बिबादलाई लिएर लोक गायक भगवान भण्डारी लगायत अन्य धेरै जनाले सामाजिक संजालमा आफ्नो धारणा राखेका छन। तर रमेश बि जी , चन्द्र शर्माले यस बिबाद बारे केहि बोलेका छैनन् कार्यक्रमको डिजिटल अडिसन हुदै भौतिक अडिसन गराईएको थियो। कार्यक्रमको अर्को दोश्रो भाग शनिबार राति ८ :५० बजे नेपाल टेलिभिजनका सबै शाखाहरुबाट प्रशारण हुनेछ।

 

 

 
 
  
 

You may also like