मीना हत्या प्रकरण : श्रीमान र सासु–ससुरासहित चार जनालाई थुना आदेश

डोटी। दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासु दुर्गा र उनकी बहिनी रम्भा दमाईलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

 
 
  
 

You may also like