बालुवाटार हिंडेका नेपाल–खनाल समूहका सांसद सिंहदरबारबाटै फिर्ता

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिंडेका माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरु बाटैबाट फर्किएका छन् ।

सो पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिंडेका थिए । तर, उनीहरु पुन हेरिटेज गार्डेनमै फर्किएका छन् । ‘हामी बालुवाटार जान हिंडेंका थियौं, बाटोमै यताबाट फोन आयो अनि सिंहदरबारबाटै फर्कियौं’, सांसद लक्ष्मी चौधरीले भनिन्, ‘कमरेडहरुले आउनु भनेपछि फर्केका हौं ।’

हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफलमा बसेका छन् । उता बालुवाटारमा बोलाएको दलको बैठक अझै शुरु हुन सकेको छैन । सांसदहरु बालुवाटार प्रवेश गर्ने क्रम जारी रहेको जनाइएको छ ।

 

 
 
  
 

You may also like