बुटवलमा खुल्यो ईट वेल रेस्टुरेन्ट

बुटवल।बुटवलको कालिकापथमा ईट वेल रेस्टुरेन्ट संचालनमा आएको छ। हेल्दी फुड, ह्याप्पी मुड को नारासहित बुटवल ९  मा ३ जना युवाहरुले रेस्टुरेन्ट संचालनमा ल्याएका हुन ।

करीब ७० लाखको लगानीमा खुलेको रेस्टुरेन्टमा बजारमा पाईने सबै आईटमभन्दा फरक पाईने संचालक प्रकाश घिमिरेले बताए । भारतिय, नेपाली लगायतका फरक फरक खानाका परिकार पस्कने सेफबाट सेवा दिने उनले बताए । रेष्टुरेन्टमा ३ जना कुक, १ जना हेल्पर र ४ जना सहयोगी गरि १० जनाले रोजगार पाएका छन। फ्रि डेलिभरी र प्याकेज समेत शुरु गरिने उनले बताए ।

एक समार‍ोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, महासचिव माधव खनाल, निवर्तमान सचिव मोहनलाल पाण्डे, रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन। आम नागरिकको स्वस्थ्यसंग सरोकार राख्ने सेवामुलक ब्यवसाय भएकाले पनि विशेष सावधानी अप्नाउनुपर्ने संघका अध्यक्ष गौतमले बताए ।

रेष्टुरेन्टका सल्लाहकार थानेश्वर पाण्डेले बजारमा ईट वेल स्पेशलका ८-१० आईटम फरक भएको दाबी गरे ।।
विजनेशको क्रममा भारत भ्रमण गर्दा धेरै रेष्टुरेन्टहरुमा लिएको अनुभवबाट रेष्टुरेन्ट खोलेको उनले बताए ।

 
 
  
 

You may also like