बुटवल । बुटवलमा सुस्त मनस्थिति बाल बिद्या मन्दिरको आयोजनामा बौद्धिक अपांगता भएका बालबालिकाहरुको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
बोसियाका १२ जना खेलाडी लगायत जम्मा १३० जनाको सहभागिता रहेको थियो ।
बोसिया खेलमा सिपीतिर रुप आत्रेय र विजय खनाल प्रथम, मन्जु कंडेल र सन्तोष पुन द्वितिय स्थान हासिल गरेका छन् ।त्यसैगरी अर्को बौद्धिक तर्फ जुनु टन्डन, र विश्वास बेल्वासे प्रथम, द्वितिय स्थान हासिल गर्नेमा विभुति पाण्डेय र अर्चना के.सी रहेका छन् ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले खेलकुद प्रतियोगिताको उद्दघाटन गरेका थिए भने मस्तिष्क पक्षघात (सिपि) अति अशक्त भएकाहरु बिच खेलिने खेल बोसियाका नवलपरासी सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीका अध्यक्ष लोकनाथ भुसालले शुभारम्भ गरे ।
लुम्बीनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले खेलकुद विजेताहरुलाई पुसरस्कार प्रदान गर्दै आफुले अति अशक्त अपाङ्गता भएका खेलकुद क्षेत्रमा आफ्नो र मन्त्रालयको सधै साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
खेल सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा खेल भएको हाे ।