जातिय विभेद हटाउन बुटवलमा समता भोज

बुटवल। मानवअधिकार तथा शान्ति समाज नेपाल केन्द्रीय समितिको समन्वयमा बुटवलमा समता भोजको आयोजना गरिएको छ । समता भोज कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावारण मन्त्री लिला गीरिले जातीय भेदभाव, छुवाछुत सामाजिक  कुरिती भएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए ।

उनले २१ औं शताब्दीमा छुवाछुतका कुराहरु एक देशका कथा जस्तै भएको भन्दै सबैको साझा प्रयासबाट मात्रै जातिय छुवाछुत, भेदभावको अन्त्य हुने बताए ।समता भोज नागरिक अनलाइन डटकम,दैनिक पत्र,बुद्ध टेलिभिजन,रेडियाे मलमला,तिलाेत्तमा दैनिक,जागरण मिडिया सेन्टर,बुटवल एफएम, सिद्धार्थ डेरि र सरस्वती पुस्तक पसलको सहकार्यमा भएको हाे ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले संविधानमा नेपाल छुवाछुत मुक्त देश भएको भन्दै विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले समाजमा सबै जातजाती एक भएको भन्दै काेही तल र माथि नहुने बताए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघको अध्यक्ष विनोद पहाडी ,बरिष्ठ पत्रकार बालकृष्ण चापागाइ,एसपी प्रविण पाेखरेल,डिएसपी प्रतित सिंह राठाैर,समाजका केन्द्रीय सचिव मिना ढकाल, कांग्रेस नेता हरि बहादुर आचार्य, माओवादी केन्द्रका राम प्रसाद बन्जाडे, शान्ति समाज रुपन्देहीका सभापति धनपती खनाल, पूर्व सभापति लालहरी पाण्डे लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

 
 
  
 

You may also like