२०७७ चैत २ गते सोमबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन खिन्न हुने स्थिति आउने छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रतिष्ठित व्यक्तिहरूसँग मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज माता पिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । अधुरो काम बन्ने छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्द व्यापारमा पनि राम्रै हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईले संकल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like