‘निफ’ को जुरीमा नायिका अभिनेत्री प्रियंका कार्की

by समतल अनलाइन

काठमाडौं । आउँदो चैत २ देखि ६ गतेसम्म हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायकमा नायिका प्रियंका कार्की चयन भएकी छन् ।

‘निफ’ को जुरीमा कार्की फिचरतर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्रलाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’ मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने पाठकले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like