एमाले विभाजनतर्फ

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारुढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ ।

ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल – माधव कुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कारेको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको भेला गरेर पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरुको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like