इमरानले हासिल गरे विश्वासको मत

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत जित्नका लागि इमरानलाई तल्लो सदन नेसलन एसेब्लीका १७२ सदस्यको समर्थन आवश्यक थियो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनलाई ३४२ मध्ये १७८ सांसदले प्रधानमन्त्रीका रूपमा समर्थन जनाएका हुन् । तीन वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित हुँदा इमरानले १७६ मत पाएका थिए । माथिल्लो सदन सिनेटका लागि भएको मतदानमा अर्थमन्त्री अब्दुल हाफिज शेख पराजित भएपछि ६८ वर्षीय इमरानले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

शेख पूर्व प्रधानमन्त्री तथा पाकिस्तान डमोक्रेटिक मुभमेन्टका उम्मेदवार युसुफ राजा गिलानीसँग पराजित भएका थिए । विश्वासको मत पाएसँगै इमरानले चुनावी प्रणालीमा सुधार गर्ने बताएका छन् । एजेन्सी

 
 
  
 

You may also like