बार्सिलोना शीर्ष स्थानबाट दुई अंकको दूरीमा

काठमाडौं । १८ वर्षीय इलिक्स मोरिबाले क्लबका लागि पहिलो गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार ओसासुनालाई २–० ले हराएको छ । यससँगै टोलीले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

जोर्डी अल्बाले लियोनल मेसीको पासमा पहिलो गोल गरे । मोरिबाले पनि मेसीकै सहयोगमा दोस्रो गोल थपे । बार्सिलोनाको अब २६ खेलबाट ५६ अंक भएको छ । शनिबारका अन्य खेलमा रियल भालाडोलिडले गेटाफेलाई २–१, एल्चेले सेभियालाई २–१ र काडिजले आइबरलाई १–० ले हराए । एजेन्सी

 
 
  
 

You may also like