शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट

बुटवल।मानव अधिकार तथा शान्ति समाज नेपालकाे रूपन्देही जिल्ला शाखा यसपटक पनि उत्कृष्ट बन्न सफल भएको छ ।

देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेकाे र मानव अधिकारकाे क्षेत्रमा सक्रिय भएकाे भन्दै पाेखरामा आयाेजित २३ अाैं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान प्रदान गर्नुभयाे । सम्मान ग्रहणपछि सभापति खनालले सबैको याेगदानले शाखा उत्कृष्ट बनेकाे भन्दै सहकार्य जारी राख्ने बताउनुभयाे ।

रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ अाैं राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएकाे सचिव कपिल ज्ञवालीले बताउनुभयो ।

 
 
  
 

You may also like