बार्सिलोना कोपा डेल रेको फाइनलमा

काठमाडौं। बार्सिलोनाले बुधबार सेभियालाई ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित सेभियाविरुद्धको यो जितपछि बार्सिलोना समग्रमा ३–२ ले अगाडि रह्यो ।

बार्सिलोना यसअघि पहिलो लेगमा २–० ले पराजित रहेको थियो । दोस्रो लेगको अतिरिक्त समयमा मार्टिन ब्रेटवाइटले हेडबाट निर्णायक गोल गरे । नाटकीय साबित खेलमा ओसमन डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको इन्जुरी समयमा जेरार्ड पिकले बराबरी गोल गरे । अब बार्सिलोना कीर्तिमानी ३१औं कोपा डेल रे उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसमा उसको प्रतिद्वन्द्वी एटलेटिको बिलबाओ अथवा लेभान्टे हुनेछ । एजेन्सी

 

 
 
  
 

You may also like