सैनामैनामा कृषक पाठशालाले ५ प्रतिशत तरकारी उत्पादनमा बृद्धि

सैनामैनामा कृषक पाठशालाले ५ प्रतिशत तरकारी उत्पादनमा बृद्धि
ललित पाण्डेय , सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कृषक पाठशालाबाट तालिम लिएर कृषकले ब्यसायिक तरकारी उत्पादन सुरु गरेका छन । यसले गर्दा नगरपालिकामा करिब ५ प्रतिशत तरकारी उत्पादनमा बृद्धि भएको छ । गत आर्थिक वर्षबाट २ वटा वडामा नगरपालिकाले कृषक पाठशाला सञ्चालन गरेको थियो ।

गत वर्षको कार्यक्रमबाट कृषक लाभान्वित भएपछि नगरपालिकाले यस आर्थिक वर्षमा नगरपालिकाले ११ वटै वडामा पाठशाला सञ्चालनमा ल्याएको जनाएको छ । जसबाट २ सय ७५ कृषक प्रत्यक्ष तरकारी उत्पादनमा लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४ महिना सञ्चालन गरेको गुणरस्तरिय बालि उत्पादन आईपिएम प्रविधिको तालिममा सहभागीता जनाए पछि कृषकले ब्यसायिक तरकारी उत्पादनमा लागेका हुन । कृषकले आलु, बन्दा गोपि , फुल गोपि , टमाटर खेती तर्फ आकृषित भएका हुन ।

कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला सञ्चालन गरिएकोे सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले बताउँनुभयो । किसानलाई परम्परागत र आईपिएम प्रविधिबाट खेती गर्न पाठशालामा सिकाउने गरेको उँहाले बताउँनुभयो । यसले गर्दा नगर भित्र आर्गनिक तरकारी उत्पादन हुँदै आएको र नगरपालिकालाई तरकारीमा आत्मनिर्भर गराउँदै ल्यैजाने उँहाले बताउँनुभयो । सैनामैनालाई कृषि र पशुपालन हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार कृषकहरुलाई प्राविधिक तालिम, बिउ, मल र मेसिनरी यन्त्रमा अनुदान दिँदै आएको कार्कीले बताउँनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले कृषक पाठशालाले कृषकलाई आधुनिक तरिकारले तरकारी उत्पादन गर्न सिकाउँदै नगरको उत्पादनमा ५ प्रतिशतले बृद्धि गरेको दाबी गर्नुभयो । अर्गानिक तरकारी उत्पादनमा करिब २५ प्रतिशत जनचेता बृद्धि भएको उँहाले बताउँनुभयो । यो आर्थिक वर्षमा ११ लाख बजेट छुट्टाएर ११ वटै वडामा पाठशाला सञ्चालन गरिएको हो ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उँहाले बताउँदै १६ महिना सिकेको सीपलाई ब्यवहारमा उत्रार्नको लागि ब्यवसायीक खेतीमा लाग्न सुझाब दिनुभयो । कृषक पाठशलालाई नगरपालिकाले निरन्तरता दिदै जाने उँहाले बताउँनुभयो ।

कृषकहरुलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सिप प्रदान गरिएको सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सृजना सुवेदीले बताउँनुभयो । कृषि पाठशाला कक्षामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पुर्याउने र बेफाइदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादनमुलक कसरी बढाउने, खाद्यान्न र तरकारी उत्पादन गर्ने तरिका, उन्नत बिउबिजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषय सिकाइएको सुवेदीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like