भारतबाट फर्केपछि बाबुरामको प्रस्ताव- राजनीतिक सहमतिमा चुनावी सरकार बनाऔँ

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले भारतबाट स्वास्थ्य उपचार गरेर नेपाल फर्किएपछि राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो भन्दै जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति भएको बताएका हुन् ।

उनले माफी दिने र बिर्सनेको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

उनले भनेका छन्

दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो । यसो गरौं न: १) ऐलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति हो ! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive & Forget को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं,
अ) TRC लगायत शान्तिप्रक्रियाका बाँकी काम पूरागरौं
आ) सहमतिले संविधान संशोधन गरौं
इ) संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ
ई) समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं
उ) विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत: भारत/चीन/अमेरिकासंग असल सम्बन्ध बनाऊॅ !

 
 
  
 

You may also like