सुनिल ढुङ्गाना स्मृति कपको उपाधी भिडन्तमा चिलिया र लुम्बिनी आमनेसामने

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कपको उपाधी भिडन्तमा आर. आर चिलिया र लुम्बिनी नव युवा क्लब आमनेसामने हुने भएका छन । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै हात पार्दै चिलिया र लुम्बिनीले बुधवार हुने फाइनलमा भेट पक्का गरेका हुन ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा क्रिकेट एकेडमीलाई २९ रनले पछाडी पार्दै लुम्बिनीले फाइनलको यात्रा तय गरेको हो । लुम्बिनीले दिएको १ सय १२ रनको बिजय लक्ष पछ्याएको तिलोत्तमा ८२ रनमा समेटिएपछि लुम्बिनी बिजयी भएको छ ।
त्यस्तै मंगलबारै सम्पन्न दोस्रो खेलमा सैनामैना क्रिकेट क्लबलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चिलिया बिजयी भयो । सैनामैनाले दिएको ७४ रनको झिनो लक्ष चिलियाले ७ ओमरमा ४ विकेट खर्चेर पुरा ग¥यो ।प्रतियोगिताको फाइनल खेल भोली बिहान १० बजे हुने आयोजकले जनााएका छन ।

प्रतियोगितामा विजेता टिमले १ लाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र ५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिन तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिनुभयो ।

सिद्धार्थ युवा क्लबको खेल मैदान चपरहट्टीमा जारि प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले आइतबार उद्धघाटन गर्नुभएको थियो ।

 
 
  
 

You may also like